गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए ।

नवलपरासी बर्दघाट सुस्त पूर्वस्थित धवादी फलाम खानीमा प्रदेश सरकारले तीन प्रतिशत शेयर खरिद गर्ने र सोही बराबर हिस्साबापत १२ करोड लगानी गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ ।

बैठकले फलाम खानीमा थप ४८ करोड शेयर लगानीका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निर्माणसम्बन्धी विधेयक २०७६ को मस्यौदा तयार गर्न सैद्धान्तिक स्वकृति दिने निर्णय गरेको बताउँदै उनले प्रदेश सरकार गठनसँगै सरकारका कार्यालयहरुको भौतिक व्यवस्थापन विषय संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले निर्माण मापदण्ड राख्नुपर्ने विधेयक बनाउन लागिएको बताए ।

यसैगरी बैठकले प्रदेश सिँचाइसम्बन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागिसमेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसअघि प्रदेशसभाका सम्पन्न चारवटा बैठकले विभिन्न ३० वटा विधेयक पारित गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ४५ बजे

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज

कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट

काठमाडौं- पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंकका गभर्नरको चर्चामा देखिएका

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको

पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

एजेन्सी – पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान