उपमहासचिवतर्फ सुरक्षित देखिएनन् ओलीका विश्वासपात्र विष्णु रिमाल « Khabarhub

उपमहासचिवतर्फ सुरक्षित देखिएनन् ओलीका विश्वासपात्र विष्णु रिमाल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि एघारौँ महाधिवेशनमा भएको मतदानको मतपरिणाम आइरहेको छ।

अहिलेसम्म ६६६ मतको परिणाम आइरहँदा उपमहासचिवतर्फ अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीका सहयोगी विष्णु रिमाल असुरक्षित देखिएका छन् ।

पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली प्यानलको अग्रता देखिँदा महासचिवमा शंकर पोखरेल अगाडि नै छन् ।

उपाध्यक्षमा संस्थापन इतरका नेता गोकर्ण विष्टले जित्ने सम्भावना देखएका छन् ।

उता उपमहासचिवमा योगेश भट्टराईले ओली प्यानलकै जस्तो मत पाएका छन् । यहाँ लेखराज भट्ट ४४ मतसहित सबैभन्दा अगाडि छन् ।

उनीपछि योगेश भट्टराई ४०४ मतसहित बलियो अवस्थामा छ । उता रघुवीर महासेठले २९३ मत पाएका छन् ।

यहाँ ओलीका सहयोगी विष्णुप्रसाद रिमाल भने ३२५ मतसहित चौथो स्थानमा छ । ओलीका एकजना सहयोगी प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नै दिएनन् ।

अब ओलीका भित्री सहयोगी महासचिव शंकर पोखरेल र विष्णु रिमाल छन् । पोखरेल सुरक्षित हुँदा रिमाल भने रेड जोनमा परेका छन् ।

त्यस्तै, प्रतिस्पर्धामा रहेका आनन्द प्रसाद पोखरेल र वैजनाथ चौधरी क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

उपमहासचिव

योगेश भट्टराई – ४०४

लेखराज भट्ट – ४४०

रघुवीर महासेठ – ३९३

विष्णु प्रसाद रिमाल – ३२५

आनन्द प्रसाद पोखरेल – २०४

वैजनाथ चौधरी – १५१

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : ०१ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस