एसीसी इस्टर्न रिजन टी-२० कपका लागि १८ खेलाडी छनोट (सूचीसहित) « Khabarhub

एसीसी इस्टर्न रिजन टी-२० कपका लागि १८ खेलाडी छनोट (सूचीसहित)


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी २० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

जसमा शेर मल्ल पहिलो पटक सिनियर टिमको १८ खेलाडीको सूचीमा परेका छन भने भुवन कार्कीले कमब्याक गरेका छन । यसपटक अनुभवी खेलाडी शरद भेषवाकर, बसन्त रेग्मी टिममा परेका छैनन् ।

त्रिकोणात्मक सिरीजका लागि छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएनन् । यहि सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी सो बेलासम्मपनि ठीक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पुर्ण रूपमा फिट छैनन् ।

थाइल्याण्डमा फेब्रेवरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा छ । जसमा नेपाल रहेको समुहमा थाइल्याण्ड, मलेसिया र चीन छन । समुह बी मा हङकङ, सिंगापुर, भुटान र म्यानमार छन ।

नेपालले प्रतियोगिताको पहिलो खेल म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड छ भने तेस्रो खेल मलेसियासँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित पौडेल छन ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ६ : २५ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार