एसीसी इस्टर्न रिजन टी-२० कपका लागि १८ खेलाडी छनोट (सूचीसहित) « Khabarhub

एसीसी इस्टर्न रिजन टी-२० कपका लागि १८ खेलाडी छनोट (सूचीसहित)


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी २० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

जसमा शेर मल्ल पहिलो पटक सिनियर टिमको १८ खेलाडीको सूचीमा परेका छन भने भुवन कार्कीले कमब्याक गरेका छन । यसपटक अनुभवी खेलाडी शरद भेषवाकर, बसन्त रेग्मी टिममा परेका छैनन् ।

त्रिकोणात्मक सिरीजका लागि छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएनन् । यहि सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी सो बेलासम्मपनि ठीक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पुर्ण रूपमा फिट छैनन् ।

थाइल्याण्डमा फेब्रेवरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा छ । जसमा नेपाल रहेको समुहमा थाइल्याण्ड, मलेसिया र चीन छन । समुह बी मा हङकङ, सिंगापुर, भुटान र म्यानमार छन ।

नेपालले प्रतियोगिताको पहिलो खेल म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड छ भने तेस्रो खेल मलेसियासँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित पौडेल छन ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ६ : २५ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न