आज मौसममा बदली, वर्षा र हिमपातको सम्भावना (३ दिनको पूर्वानुमानसहित) « Khabarhub

आज मौसममा बदली, वर्षा र हिमपातको सम्भावना (३ दिनको पूर्वानुमानसहित)


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका पहाडी भूभागमा शनिबारको मौसम आशिंक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

माघ १८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

राति : पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ०५ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक