गुगलले पनि ल्यायो टिकटकजस्तै टांगी एप « Khabarhub

गुगलले पनि ल्यायो टिकटकजस्तै टांगी एप


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियता विश्वभर बढिरहँदा गुगलले पनि आफ्नै टिकटक ल्याएको छ ।

छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनिरहेका बेला गुगलले पनि टिकटक ल्याएको हो ।

विश्वकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि आफ्नै ‘टिकटक’ ल्याएको हो । गुगलले ल्याएको उक्त भिडियो मेकिंग तथा सेयरिङ एपको नाम Tangi (टांगी) हो । गुगलको एरिया १२० टिमले उक्त एपको निर्माण गरेको हो ।

गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियो शेयर गर्न सकिन्छ । खासगरी कुनै पनि जटिल कामलाई घरमै कसरी सजिलोसँग गर्न सकिन्छ  भन्ने विषयका जानकारीमूलक भिडियोहरु यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

टिकटकमा जस्तै टांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन् । टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको गुगलको दावी छ ।

यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा समेटिएका छन ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ५३ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि