‘हलो’ले अड्कियो दुई राप्रपाबीचको पार्टी एकता | Khabarhub Khabarhub

‘हलो’ले अड्कियो दुई राप्रपाबीचको पार्टी एकता


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ ।

चाँडै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको हो ।

बिहीबार दुई पार्टीका शीर्ष नेता कमल थापा, पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीबीचको छलफलमा चाँडै पार्टी एकता गर्ने गरी समझदारी भएको थियो ।

शीर्ष तीन नेताबीचको छलफलमा एकतापछि थापा नेतृत्वको राप्रपा नेपाललाई ५५ प्रतिशत र राप्रपा संयुक्तलाई ४५ प्रतिशत हुने गरी भागबन्डा मिलाउने सहमति भएको थियो ।

त्यस्तै तीन नेताले पार्टी एकतापछि चाँडै महाधिवेशन मिति घोषणा गर्ने, महाधिवेशन अघि ३ जना (थापा, राणा र लोहनी) अध्यक्ष रहने तथा चुनाव चिन्ह महाधिवेशनले टुंग्याउने समझदारी भएको थियो ।

बिहीबारको समझदारी पश्चात शुक्रबार भएको छलफलमा राप्रपा संयुक्तले चुनाव चिन्ह हलो राख्ने पूर्वसर्त अघि सारेपछि एकता प्रक्रिया नै अन्यौलमा परेको राप्रपा नेपालका नेताहरुले बताएका छन् ।

‘एकता प्रक्रियासहितका विषयमा केन्द्रीय समितिको बैठक जारी रहेका बेला पशुपति शमशेर राणाले थप छलफलका लागि अध्यक्षलाई बोलाएपछि अध्यक्ष कमल थापा बैठक स्थगित गरेर छलफलका लागि जानुभयो,’ राप्रपा नेपालका एक केन्द्रीय सदस्यले भने, ‘छलफलमा उहाँहरुले चुनाव चिन्ह हलो नै तय गर्न प्रस्ताव राख्नु भएछ । अनि हाम्रो अध्यक्ष आपसी छलफल गर्ने भनेर फर्कनुभएको छ । बसाई पिच्छे नै सर्त नयाँ राखिँदा एकता प्रक्रिया अन्यौल बन्दै गएको छ ।’

राप्रपा नेपालका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने एकताका लागि आफूहरु लचक भएको बताएका छन् ।

‘हामी हदैसम्म लचक भएर पार्टी एकता गर्ने पक्षमा छौं । तर, बिहीबार ३ अध्यक्षबीच भएको समझदारीबाट पछि हटेर एकता हुँदैन । हरेक बसाईमा नयाँ सर्तले एकता सम्भव छैन्,’ श्रेष्ठले भने, ‘अहिले देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता छ । दुई राप्रपाबीचको एकताले यो आवश्यकता पूरा हुने महशुस गरेका छौं ।’

उनले एकताका लागि एक पक्षमात्र लचक भएर नहुने भन्दै एकताका लागि भएका वार्ताका समझदारीलाई पालना गर्न दुवै पक्ष गम्भिर हुनुपर्ने बताए ।

यता राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने एकता प्रक्रिया टुंगोमा पुग्न बाँकी रहेको र छलफल जारी रहेको बताए ।

‘हामीले पार्टी एकताको कुरालाई निरन्तर रुपमा अघि बढाइरहेका छौं । धेरै कुरा मिलेका छन् । मिल्न बाँकी विषय पनि छ । यी विषयमा निरन्तर सम्वाद आवश्यक छ,’ अध्यक्ष डा. लोहनीले भने, ‘केहि उत्तारचढाव पनि आएका छन् । सायद चाँडै मिल्छ ।’

उनले पार्टी एकता प्रक्रिया कहिले टुंगिने भन्ने विषय चाँही अहिले नै एकीन हुन नसक्ने बताए । ‘चुनाव चिन्ह लगायतका केहि विषय मिल्न बाँकी छ । आपसी छलफलबाट टुंगिएला । कहिले सम्ममा टुंगिने भन्ने चाँही अहिले भन्न सक्ने अवस्था भएन ।’

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १० : २२ बजे

विष्णुमतिपछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा