छुट्टाछुट्टै दुर्घटना : ४ को मृत्यु, ३५ घाइते | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटना : ४ को मृत्यु, ३५ घाइते


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने ३५ घाइते भएका छन्।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक रन्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा, महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ बस्ने २४ वर्षीय सुनिलकुमार राय राजपुत र सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो।

दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। शनिबार बिहान कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्प नजिक सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ।

यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका–६ मा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति से२प १८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा स्थानीय २२ वर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको बताए।

स्थानीयले भने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको बताएका छन्।

चौधरीको मृत्युपछि स्थानीय र आफन्तले पूर्व–पश्चिम राजमार्गको भल्का सडकखन्ड अवरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेको लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी सहित ३ जनालाई प्रहरीले नियन्त्रण लिएको छ। राजमार्ग अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।

यस्तै, भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नम्बरको सामान बोक्ने गाडी शुक्रबार राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही नगरपालिका–६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले सवारी साधन र चालक ३८ वर्षीय राधेश्याम लवजुलाई पक्राउ गरेको र मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको छ।

यस्तै, कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा बस ठोक्किँदा ३५ जना घाइते भएका छन्। दाङबाट दिल्ली जाँदै गरेको ना७ख ५६३७ नम्बरको बस ना३ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किँदा ३५ जना घाइते भएका हुन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

घाइते सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : ५० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन