अन्‍नपूर्णको फेदीमा फसेका ४ जना स्वदेशी पर्यटकको उद्धार « Khabarhub

अन्‍नपूर्णको फेदीमा फसेका ४ जना स्वदेशी पर्यटकको उद्धार


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।

३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई आइतबार बिहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार उद्धार गरिएका उद्धार गरिएका मध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा पाठाइएको र बाँकी दुई जनालाई आफूहरुसँगै गाडीमा राखेर नारच्याङ झरेको बताए ।

शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भए पनि भेट्टाउन सकिएको थिएन। फोनको लोकेसनको आधारमा रेलेखोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : २६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार