नेकपा बैठकः कार्यकारी राष्ट्रपतिदेखि नेताको सम्पत्ति छानविन सम्मका बहस | Khabarhub Khabarhub

नेकपा बैठकः कार्यकारी राष्ट्रपतिदेखि नेताको सम्पत्ति छानविन सम्मका बहस


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

बुधबार बाट शुरु भएको बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । १५ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले गरेको छलफलको निश्कर्ष टोली नेताहरुले हिजोबाट पूर्ण बैठकमा सुनाउन शुरु गरेका थिए ।

हिजो ११ र आज(शनिवार) ४ गरि १५ वटै समूहका टोली नेताले आआफ्नो समूहमा भएका छलफलको निश्कर्ष सुनाएका हुन् । अब पार्टी अध्यक्षले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

समूहगत छलफलमा केही नेताले लिखित रुपमा नै सुझाव समेत दिएका थिए ।

समूहगत छलफलपछि पूर्ण बैठकमा आफ्ना प्रश्तुतीहरु राख्दै नेताहरुले पार्टीमा गुटबन्दी हावी भएको , नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरु गुटबन्दीको अखडा भएको र त्यसलाई बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

सबैभन्दा धेरै चासो र चर्चा भने अमेरिकी सहयोग एमसीसीका बारेमा नेताहरुले गरेका छन् । समूहगत छलफलमा बोल्ने अधिकांश जसो नेताहरुले एमसीसीबारे धारणा राखेका थिए भने टोली प्रमुखहरुले एमसीसीबारे हतार नगर्न सुझाव दिएका छन् ।

त्यसतै गरि केन्द्रीय सदस्यहरुले पार्टीका सबै तहका नेताको सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । त्यसका लागि शक्तिशाली आयोग बनाउन समेत माग गरिएको छ ।

नेकपाको जारी बैठकमा नेताहरुले शासकीय स्वरुप परिवर्तन गर्नसमेत नेताहरुले माग गरेका छन् । उनीहरुले शीर्ष नेताहरुमा शासकको शैलीको विकास हुँदै गएको भन्दै आपत्ति समेत प्रकट गरे ।  त्यस्तै निर्वाचन खर्चिलो भएकाले अहिलेको निर्वाचन प्रणालीको विकल्पबारे समेत छलफल गर्नुपर्ने मागसमेत बैठकमा उठेको छ ।

टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर ज्ञद्द की नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै गरि बैठकमा कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेतर्फ लाग्नुपर्ने आवाज पनि उठेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : ५५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय