नेकपा बैठकः कार्यकारी राष्ट्रपतिदेखि नेताको सम्पत्ति छानविन सम्मका बहस « Khabarhub

नेकपा बैठकः कार्यकारी राष्ट्रपतिदेखि नेताको सम्पत्ति छानविन सम्मका बहस


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

बुधबार बाट शुरु भएको बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । १५ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले गरेको छलफलको निश्कर्ष टोली नेताहरुले हिजोबाट पूर्ण बैठकमा सुनाउन शुरु गरेका थिए ।

हिजो ११ र आज(शनिवार) ४ गरि १५ वटै समूहका टोली नेताले आआफ्नो समूहमा भएका छलफलको निश्कर्ष सुनाएका हुन् । अब पार्टी अध्यक्षले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

समूहगत छलफलमा केही नेताले लिखित रुपमा नै सुझाव समेत दिएका थिए ।

समूहगत छलफलपछि पूर्ण बैठकमा आफ्ना प्रश्तुतीहरु राख्दै नेताहरुले पार्टीमा गुटबन्दी हावी भएको , नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरु गुटबन्दीको अखडा भएको र त्यसलाई बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

सबैभन्दा धेरै चासो र चर्चा भने अमेरिकी सहयोग एमसीसीका बारेमा नेताहरुले गरेका छन् । समूहगत छलफलमा बोल्ने अधिकांश जसो नेताहरुले एमसीसीबारे धारणा राखेका थिए भने टोली प्रमुखहरुले एमसीसीबारे हतार नगर्न सुझाव दिएका छन् ।

त्यसतै गरि केन्द्रीय सदस्यहरुले पार्टीका सबै तहका नेताको सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । त्यसका लागि शक्तिशाली आयोग बनाउन समेत माग गरिएको छ ।

नेकपाको जारी बैठकमा नेताहरुले शासकीय स्वरुप परिवर्तन गर्नसमेत नेताहरुले माग गरेका छन् । उनीहरुले शीर्ष नेताहरुमा शासकको शैलीको विकास हुँदै गएको भन्दै आपत्ति समेत प्रकट गरे ।  त्यस्तै निर्वाचन खर्चिलो भएकाले अहिलेको निर्वाचन प्रणालीको विकल्पबारे समेत छलफल गर्नुपर्ने मागसमेत बैठकमा उठेको छ ।

टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर ज्ञद्द की नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै गरि बैठकमा कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेतर्फ लाग्नुपर्ने आवाज पनि उठेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : ५५ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष