साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार « Khabarhub

साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए ।

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए ।

यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए ।

यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो ।

बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए ।

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो ।

कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ५ : ४० बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले