नेकपाको ताल देख्‍दा जोगी बन्‍न मन लाग्यो : राई « Khabarhub

नेकपाको ताल देख्‍दा जोगी बन्‍न मन लाग्यो : राई


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीका नेताहरुको ताल देख्‍दा जोगी बन्‍न मन लागेको बताएका छन् ।

बुधवारदेखि शुरु भएको बैठकमा समूहगत छलफल पछि पूर्ण बैठकमा आफ्नो समूहको तर्फबाट धारणा राख्दै उनले नेताहरुप्रति व्यङ्ग्य गरेका हुन् ।

“पार्टीका नेताको ताल देख्दा ३, ४ वटा कमण्डलु बोकेर जोगी भएर हिँड्न मन लाग्छ । न पार्टी छ न संगठन । त न पार्टीले केही कार्यक्रम लिएर हिँड्न सकेको छ । यस्तो अवस्थामा जोगी बन्नुको के विकल्प हुन्छ ?” बैठकमा उनले प्रश्न गरे ।

१५ वटा समूहमध्ये ११ नम्बर समूहका नेता राईले पार्टी गुटबन्दी मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पार्टी नेतृत्वबाटै विधानका धाराहरु मिच्‍ने काम भएको भन्दै आलोचना गरे ।

उनले पार्टी र सरकार सञ्चालनमा तालमेल नमिलेको बताए । उनले पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टीको निर्देशन नमानेको देखिएको बताए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ६ : ३५ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको