ढाड दुख्ने समस्या भए कागतिको लेप लगाउँदा पुग्छ फाइदा « Khabarhub

ढाड दुख्ने समस्या भए कागतिको लेप लगाउँदा पुग्छ फाइदा


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कागती भन्ने वित्तिकै सबैको मुख रसिलो हुन्छ । कागतीलाई पानी, चिया अचार आदिमा मिसाएर खाने गरिन्छ । कतिपयले कागतीलाई औषधिकै रुपमा लिन्छन् ।

कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो ।

एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ ।

नेपाली बजारमा वार्षिक २६ हजार टनभन्दा बढी कागती भारतबाट आउँछ । नेपालमा भने वार्षिक करिब डेढ हजार टन मात्र उत्पादन हुने अनुमान गरिन्छ ।

कागतीको प्रयोग आजभोलि निकै बढेको छ । त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ । कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ ।

कुन रोगमा कागती किफायती

दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाँउमा लगाउदा ढाड दुखेको ठीक हुन्छ ।

घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान-बेलुका कुल्ला गर्दा घाँटी बसेको ठीक हुन्छ ।

ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ ।

फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । बिहान–बेलुका खाना खानु अगाडि साे अचार खाएमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्