ढाड दुख्ने समस्या भए कागतिको लेप लगाउँदा पुग्छ फाइदा « Khabarhub

ढाड दुख्ने समस्या भए कागतिको लेप लगाउँदा पुग्छ फाइदा


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कागती भन्ने वित्तिकै सबैको मुख रसिलो हुन्छ । कागतीलाई पानी, चिया अचार आदिमा मिसाएर खाने गरिन्छ । कतिपयले कागतीलाई औषधिकै रुपमा लिन्छन् ।

कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो ।

एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ ।

नेपाली बजारमा वार्षिक २६ हजार टनभन्दा बढी कागती भारतबाट आउँछ । नेपालमा भने वार्षिक करिब डेढ हजार टन मात्र उत्पादन हुने अनुमान गरिन्छ ।

कागतीको प्रयोग आजभोलि निकै बढेको छ । त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ । कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ ।

कुन रोगमा कागती किफायती

दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाँउमा लगाउदा ढाड दुखेको ठीक हुन्छ ।

घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान-बेलुका कुल्ला गर्दा घाँटी बसेको ठीक हुन्छ ।

ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ ।

फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । बिहान–बेलुका खाना खानु अगाडि साे अचार खाएमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : १९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा