लिभरपुलको अपराजित यात्रामा पूर्णविराम | Khabarhub Khabarhub

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० ले हराएको हो ।

ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सर्रले ५४ औ मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जीत सुनिश्चित गरेका थिए ।

लिभरपुलले प्रियिमर लिगका पछिल्ला १८ खेलमा जित निकालेको थियो । प्रिमियिमर लिगमा शीर्ष स्थानको लिभरपुललाई २२ अंकको अग्रता प्राप्त छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : २४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले