कसले गरायो अन्तरिक्षमा बिस्फोट, वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य « Khabarhub

कसले गरायो अन्तरिक्षमा बिस्फोट, वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैज्ञानिकहरुले अन्तरिक्षमा एउटा ठूलो बिस्फोट भएको रहस्य पत्ता लगाएका छन् ।

पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनै पनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ।

एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको पुष्टि भएको वैज्ञानिकहरूले दावी गरेका छन् ।

सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ ले बाँधिएर रहेको मानिन्छ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्याँस उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान समेत गरिएको छ ।

ग्यालेक्सीभन्दा १५ गुणा ठूलो कालो भ्वाङ एउटा अकल्पनीय विस्फोटको प्रमाण भएको वैज्ञानिकहरुले दावी गरेका छन् ।

यसलाई अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड एर्रे’ र भारतको ‘जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त नयाँ तथ्याङ्कले समेत विस्फोटकै कारण भएको पुष्टि गरेको छ ।

 तर बिस्फोट कसरी र के कारणले भयो भन्नेबारे केही पनि नखुलाइएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : २५ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा