विश्वका विभिन्न देशमा फैलदै कोरोना भाइरस, चीनमा भने संक्रमितको संख्या कम हुँदै | Khabarhub Khabarhub

विश्वका विभिन्न देशमा फैलदै कोरोना भाइरस, चीनमा भने संक्रमितको संख्या कम हुँदै


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोनाभाइरस नियन्त्रण का लागि चीनले गरेका अनेकौँ प्रयासपछि यसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रम क्रमशः कम हुँदै गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई दिन यता यो सङ्ख्या ५० भन्दा कममा झरेको छ भने नयाँ सङ्क्रमित विरामी आउने क्रम पनि ह्वात्तै घटेको छ ।

जटिल सङ्कटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यद्यपि मृतक र सङ्क्रमित सङ्ख्यामा हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन ।

चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा सङ्क्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ । चीनमा सङ्क्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

अहिले सङ्क्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा सङ्क्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ ।

दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ । दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ । शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप सङ्क्रमितको सङ्ख्या ५९४ पुष्टि भएसँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम (केसीडीसी)का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन् ।

इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो । बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ०६ बजे

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार