विश्वका विभिन्न देशमा फैलदै कोरोना भाइरस, चीनमा भने संक्रमितको संख्या कम हुँदै « Khabarhub

विश्वका विभिन्न देशमा फैलदै कोरोना भाइरस, चीनमा भने संक्रमितको संख्या कम हुँदै


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोनाभाइरस नियन्त्रण का लागि चीनले गरेका अनेकौँ प्रयासपछि यसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रम क्रमशः कम हुँदै गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई दिन यता यो सङ्ख्या ५० भन्दा कममा झरेको छ भने नयाँ सङ्क्रमित विरामी आउने क्रम पनि ह्वात्तै घटेको छ ।

जटिल सङ्कटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यद्यपि मृतक र सङ्क्रमित सङ्ख्यामा हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन ।

चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा सङ्क्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ । चीनमा सङ्क्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

अहिले सङ्क्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा सङ्क्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ ।

दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ । दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ । शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप सङ्क्रमितको सङ्ख्या ५९४ पुष्टि भएसँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम (केसीडीसी)का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन् ।

इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो । बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ०६ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश