प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार टिचिङ अस्पतालमा गरिँदै « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार टिचिङ अस्पतालमा गरिँदै


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

आज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने जानकारी दिएका हुन् ।

‘सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं नेकपाको अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनु भयो’ प्रवक्ता श्रेष्ठले भने,‘ यही बुधवार उहाँको मिर्गौला प्रत्यारोपणको काम हुने योजना बनाइएको छ । जस अनुसार उहाँ भोलि नै त्यसका लागि अस्पताल भर्ना हुनुहुनेछ । र त्रिवि शिक्षण अस्पतालमा उहाँको मिर्गौलाको प्रत्यारोपण हुनेछ ।’

२०६४ साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि गत भदौमा सिंगापुरमा प्लाज्माफेरासीस समेत गरिएको थियो ।

यद्यपी कात्तिकदेखि उनको मिर्गौलाले फेरी काम गर्न छाडेपछि डायलाइसिस शुरु गरीयो । कात्तिक १३ गतेदेखि मिर्गौलाको नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीका निजी चिकित्सकहरुले उनलाई मिर्गौला पुनः प्रत्यरोपण गर्न सुझाए ।

तर प्रधानमन्त्री ओली मंसिर १४ गतेको उपनिर्वाचनपछि मात्र मिर्गौला प्रत्यारोपण गर्ने निश्कर्षमा पुगे । उपनिर्वानको मिति नआउँदै प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्नुपयो ।

मंसिर १० गते आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भए ।

स्वास्थ्य परीक्षणको क्रममा एपेन्डिसाइटिस भएको पुष्टि भए पछि उनको तत्काल शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम नगरेकाले नियमित डायलाइसिस समेत भयो । मंसिरमा १० गतेदेखि अस्पतालको आइसीयूमा रहेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको उपचार पुरा भएपछि मंसिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

एपेन्डिक्सको शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको योजना तत्काललाई स्थगित भयो । एपेन्डिक्सको शल्यक्रियापश्चा प्रधानमन्त्री ओलीको सातामा दुई पटक नियमित डायलाइसिस गराउँदै आइएको थियो ।

गत साता मुटुको कोरोनरी एन्जियोग्राफीको रिपोर्ट सामान्य देखिएपछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : १४ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा