भृकुटीमण्डपमा नेपथ्यको सांगीतिक प्रस्तुतिमा झुमे दर्शक « Khabarhub

भृकुटीमण्डपमा नेपथ्यको सांगीतिक प्रस्तुतिमा झुमे दर्शक


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित लोक रक ब्याण्ड नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा शनिबार दर्शक नचाएका छन् ।

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपिराखे है’

गीतको बेलासँगै देखिएको नेपथ्यले एकपछि अर्को गर्दै सर्वकालिक हिट गीतहरु प्रस्तुत गरेको थियो । ‘भूकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुल पुनःनिर्माणका निम्ति आयोजना भएको यो कार्यक्रममा गायक अमृतले देशका धेरै बालबालिकाहरु अहिले पनि शिक्षाबाट बञ्चित रहेको उल्लेख गर्दै सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले उनको परिचित शैलीमै पछिल्लो ‘है’ लाई लेघ्रो तानेर चिच्याउँदा भृकुटीमण्डपको बगैँचामा उपस्थित हजारौं दर्शकले पनि उसैगरि उनलाई साथ दिएका थिए ।

कन्सर्टमा काठमाडौंका दर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैना ताल’ गीत सुनाएका थिए । लडाइका निम्ति विदेशिएका लाहुरेहरुले रमाइलो गर्ने बेलामा गाउँदै आएको यो गीत अमृतले उनको मामाबाट सुनेका थिए । त्यसैलाई परिमार्जन सहित नेपथ्यले आफ्नो पछिल्लो एल्बममा समावेश गरेको छ ।

झमझमी नाच्ने भाकामा तयार भएको यो गीतसँगै दर्शक पनि नाचेका थिए । कार्यक्रममा नेपथ्यले ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालको पानी’ सम्म गाएर दर्शक रिझाएको थियो । कार्यक्रममा अमृतले पैदल यात्राका क्रममा फेला परेका तथा तयार पारिएका कतिपय गीत पनि गाएर सुनाएका थिए । त्यसैबेला उनले दर्शकहरुलाई नेपाल घुम्ने सुझाव पनि दिए ।

‘भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको दोलखाको भिमेश्वरनगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको सहयोगार्थ ‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर यो कन्सर्ट आयोजना गरिएको थियो । उदेश्य अनुसारै कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको थियो ।

‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्न पाएकोमा असाध्यै खुशी लागेको छ ।’

दोलखाको त्यस सरकारी स्कुल पुनःनिर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक उद्घाटन भएता पनि यो अझै निर्माणाधिन अवस्थामा छ । स्वीकृति प्राप्त डिजाइन मुताविक यो स्कुल भवन बनेपछि यसबाट तीनसय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ३ : ०८ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड