जुत्ता प्रहार भएको भिडियो प्रचण्डको फेसबुकबाट हटाइयो ! « Khabarhub

जुत्ता प्रहार भएको भिडियो प्रचण्डको फेसबुकबाट हटाइयो !


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूमाथि कार्यकर्ताले जुत्ता प्रहार गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जालमा राखिएको भिडियो हटाइएको छ ।

‘कमरेड प्रचण्ड’ नामक अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजबाट आइतवार राष्ट्रिय सभागृहमा नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको लाइभ गरिएको थियो ।

प्रचण्डले गर्ने अधिकांश जसो भाषण उक्त पेजबाट सचिवालयले लाइभ गर्दै आएको छ ।

आइतबारको भाषण पनि पेजबाट लाइभ गरिएको थियो । तर प्रचण्डले भाषण सक्नासाथ कार्यक्रममा सहभागी जुम्ला सिन्जा गाउँपालिका–२ का रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको भिडियो उनकै पेजमा देखिएको र त्यसबाट धेरैले समाचार बनाउने र भिडियो सामाजिक सञ्जालमा राख्ने काम गरेपछि प्रचण्डको फेसबुकबाट उक्त भिडियो हटाइएको हो ।

भिडियो हटाइएको भएपनि कार्यक्रमबारेको जानकारी भने सामाजिक सञ्जालबाट हटाइएको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ०६ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन