चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना « Khabarhub

चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले खबरहबलाई बताए ।

भर्ना भएका दुईजना पुरुष मध्ये एक नेपाली युवा दक्षिण कोरियाबाट स्वेदेश फर्किका र अर्का एक चीनबाट नेपाल आएका चिनियाँ पर्यटक रहेका छन् ।

‘आज हाम्रो अस्पतालमा दुई जनालाई आइसोलेसनमा राखिएको छु, दुईजना पुरुषहरुलाई कोरोनाको आशंकामा भर्ना गरिएको छ,’ डाक्टर बास्तोलाले भने, ‘उहाँहरु एकजना दक्षिण कोरियाबाट फर्किएका नेपाली र अर्को चिनबाट नेपाल आएका चिनियाँ नागरिक हुन् ।’

अस्पतालले उनीहरुको नमूना समेत लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालका प्रवक्ता डा बास्तोलाले बताए । डा बास्तोलाका अनुसार उनीहरुको कोरोना भाइरसको परीक्षणको नतिजा भोलि आउने छ ।

सरकारले कोरोना भाइरसको आशंकामा चीनबाट स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीसहित हालसम्म २ सय ४२ जनाको कोरोना भाइरसको प्रयोगशाला माफर्तत परीक्षण गरिएको छ ।

हालसम्म एक जनामा मात्र कोरोना भाइरस पाजेटिभ देखिएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ३३ बजे

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा