२२ वर्षपछि जग्गाधनी पुर्जा « Khabarhub

२२ वर्षपछि जग्गाधनी पुर्जा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- विसं २०४५ तिर बर्दियाबाट बसाइँसराइ गरेर बाँकेको वैजनाथ गाउँपालिका–६ सम्झनाचोकमा अस्थायी बसोबास गर्दै आएका जयबहादुर रावतलाई स्थायी जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशीको सीमा नै छैन ।

श्रीमान-श्रीमती र तीन छोरासहितको परिवारका लागि रावतले सम्झनाचोकमा स्थानीय वनको जग्गामा घर बनाएका थिए ।

पाँच जनाको परिवार सङ्ख्या बढेर १४ पुग्दासमेत स्थायी बासको व्यवस्था नभएका रावतले शनिबार एक कट्ठा जग्गाको स्थायी पुर्जा पाएका हुन् ।

“कैयौँ पटक नेपालगञ्ज गयौं, के के ग¥यौँ तर अहिले गाउँमै सजिलै लालपुर्जा पायौँ”, उनले भने, “गरिबका लागि सरकार भएको महसुस भएको छ ।”

रावत जस्तै अस्थायीरूपमा बसोबास गरिरहेका १२३ घरपरिवारले २२ वर्षपछि आफ्नै गाउँमा शनिबार जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशियाली व्यक्त गरेका छन् । मुख्यमन्त्री शङ्कर पोखरेलको हातबाट जग्गाधनी पुर्जा पाएपछि स्थानीय र प्रदेश सरकारले गरिब र दुःखी जनताका पक्षमा काम गरेको स्थानीयको प्रतिक्रिया थियो ।

“हामीजस्ता गरिबका पक्षमा पनि सरकार रहेछ भन्ने प्रमाण भएको छ । आजदेखि सरकारले हामीलाई पनि जग्गाको मालिक बनाएको छ”, स्थानीयवासी भमिकला खत्रीले भने, “सधैँ चुनावको बेलामात्रै लालपुर्जा वितरणको हल्ला हुन्थ्यो अहिले हल्लै नभइकन सरकारले लालपुर्जा दियो ।”

वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले वैजनाथमा अस्थायी र अव्यवस्थित बसोबासको ठूलो समस्या रहेकाले यसलाई व्यवस्थापन गर्न स्थानीय सरकारले अग्रसरता लिएको बताए ।

“वर्षौंदेखि रहँदै आएको सुकुम्वासी समस्या हल गर्न हामी स्थानीय सरकारको नेतृत्वमा आउनासाथ पहल गर्दै आएका थियौं, जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न पाउँदा हामीलाई पनि खुशी लागेको छ”, अध्यक्ष रुचालले भने, “राजश्वसमेत गाउँपालिकाले नै व्यवस्थापन गरेर हामीले निःशुल्करूपमा लालपुर्जा वितरण गरेका छौँ ।”

वैजनाथमा ठूलो सङ्ख्यामा यो समस्या रहेकाले व्यवस्थापनका लागि गाउँपालिकाले नेतृत्व गरेको उनको भनाइ छ । अध्यक्ष रुचालले हरेक निर्वाचनमा भोटको राजनीति बन्दै आएको सुकुम्वासी समस्यालाई आफूले व्यावहारिकरूपमै हल गर्न लागिपरेको उल्लेख गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ०३ बजे

आगामी निर्वाचनमा उज्यालो नेपाल पाटीबाट म्याग्दीमा पुनलाई समर्थन

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक