२२ वर्षपछि जग्गाधनी पुर्जा « Khabarhub

२२ वर्षपछि जग्गाधनी पुर्जा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- विसं २०४५ तिर बर्दियाबाट बसाइँसराइ गरेर बाँकेको वैजनाथ गाउँपालिका–६ सम्झनाचोकमा अस्थायी बसोबास गर्दै आएका जयबहादुर रावतलाई स्थायी जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशीको सीमा नै छैन ।

श्रीमान-श्रीमती र तीन छोरासहितको परिवारका लागि रावतले सम्झनाचोकमा स्थानीय वनको जग्गामा घर बनाएका थिए ।

पाँच जनाको परिवार सङ्ख्या बढेर १४ पुग्दासमेत स्थायी बासको व्यवस्था नभएका रावतले शनिबार एक कट्ठा जग्गाको स्थायी पुर्जा पाएका हुन् ।

“कैयौँ पटक नेपालगञ्ज गयौं, के के ग¥यौँ तर अहिले गाउँमै सजिलै लालपुर्जा पायौँ”, उनले भने, “गरिबका लागि सरकार भएको महसुस भएको छ ।”

रावत जस्तै अस्थायीरूपमा बसोबास गरिरहेका १२३ घरपरिवारले २२ वर्षपछि आफ्नै गाउँमा शनिबार जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशियाली व्यक्त गरेका छन् । मुख्यमन्त्री शङ्कर पोखरेलको हातबाट जग्गाधनी पुर्जा पाएपछि स्थानीय र प्रदेश सरकारले गरिब र दुःखी जनताका पक्षमा काम गरेको स्थानीयको प्रतिक्रिया थियो ।

“हामीजस्ता गरिबका पक्षमा पनि सरकार रहेछ भन्ने प्रमाण भएको छ । आजदेखि सरकारले हामीलाई पनि जग्गाको मालिक बनाएको छ”, स्थानीयवासी भमिकला खत्रीले भने, “सधैँ चुनावको बेलामात्रै लालपुर्जा वितरणको हल्ला हुन्थ्यो अहिले हल्लै नभइकन सरकारले लालपुर्जा दियो ।”

वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले वैजनाथमा अस्थायी र अव्यवस्थित बसोबासको ठूलो समस्या रहेकाले यसलाई व्यवस्थापन गर्न स्थानीय सरकारले अग्रसरता लिएको बताए ।

“वर्षौंदेखि रहँदै आएको सुकुम्वासी समस्या हल गर्न हामी स्थानीय सरकारको नेतृत्वमा आउनासाथ पहल गर्दै आएका थियौं, जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न पाउँदा हामीलाई पनि खुशी लागेको छ”, अध्यक्ष रुचालले भने, “राजश्वसमेत गाउँपालिकाले नै व्यवस्थापन गरेर हामीले निःशुल्करूपमा लालपुर्जा वितरण गरेका छौँ ।”

वैजनाथमा ठूलो सङ्ख्यामा यो समस्या रहेकाले व्यवस्थापनका लागि गाउँपालिकाले नेतृत्व गरेको उनको भनाइ छ । अध्यक्ष रुचालले हरेक निर्वाचनमा भोटको राजनीति बन्दै आएको सुकुम्वासी समस्यालाई आफूले व्यावहारिकरूपमै हल गर्न लागिपरेको उल्लेख गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ०३ बजे

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा