प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत « Khabarhub

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिवेदन समितिका सभापति रामदेव यादवले पेस गरेका हुन् ।

सभाको शून्य र विशेष समयमा कोशी प्रदेश सभा सदस्यहरूले उठाएका जिज्ञासामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेन-जी पुस्ताको आन्दोलनबाट प्रदेश सरकार मातहतमा रहेका संरचनामा कुल ७६ करोड ९५ लाख रुपैयाँको क्षति भएको जानकारी दिए  ।

उनले गएको असोज १८ गतेको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका निम्ति स्थापना भएको पुनः निर्माण कोषमा  १५ करोड दाखिला भएको बताए । 

कोषमा मौज्दात रकमबाट इलाम र ताप्लेजुङमा यसवर्ष मनसुनजन्य विपत्ति रोक्ने पूर्वाधारमा  लगानी गरिने जानकारी उनले दिए  ।

प्रदेशसभाको अर्को बैठक यही चैत १७ गते अपराह्न १ बजे हुनेछ ।
 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : १८ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको