कोरोनाको सन्त्रास नहटुञ्जेल भोज-भतेर तथा सभा सम्मेलन नगर्न स्वास्थ्यमन्त्रीको आग्रह « Khabarhub

कोरोनाको सन्त्रास नहटुञ्जेल भोज-भतेर तथा सभा सम्मेलन नगर्न स्वास्थ्यमन्त्रीको आग्रह


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले  देशभित्र अन्तराष्ट्रिय कार्यक्रम नगर्न र विदेशमा हुने कार्यक्रममा नजान आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्री ढकालले नेपाल कोरोना भाइरस संक्रमणको जोखिमभित्र रहेको भन्दै कुनैपनि संघसस्थाहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रम गर्नु उपयुक्त नहुने बताएका हुन् ।

‘नेपाल सरकार,आइएनजीओ एन्जिओहरु तथा विभिन्न संघसस्थाहरुले अन्तारष्ट्रिय क्षेत्रलाई समेटेर राष्ट्रमा आयोजना गरेका कार्यक्रमहरु गर्न अहिलको सन्दर्भमा अनुपयुक्त हुन्छ,’ मन्त्री ढकालले भने, ‘सगरमाथा संवाद देखि विभिन्न विषयको कुरा गरिरहेका छौं । हाललाई यस्ता कामहरु स्थगित गर्नु सुरक्षाका लागि राम्रो हुन्छ कि भन्ने विषयमा निष्कर्षको नजिक पुगेका छौं ।’

मन्त्री ढकालले भिजिट नेपाल २०२० को विषयमा हुने अन्तराष्ट्रिय क्याम्पियनहरु कोरोनाको सन्त्रास नरोकिएसम्म गर्न नहुनेतर्फ समेत सचेत गराएका छन् ।

मन्त्री ढकालले नेपालभित्रै हुने भोज भतेर तथा सभाका कार्यक्रम समेत गर्न नहुने बताए ।

‘देशभित्रै पनि भोज भतेर तथा सभा सम्मेलन गर्न उपयुक्त समय छैन,’ मन्त्री ढकालले भने, ‘मान्छेहरु भेट्दा अंगालो हाल्ने, चुम्बन गर्ने भन्दापनि टाटैबाट नमस्ते गर्ने शैलीहरु अपनायौं भने रोग नियन्त्रणमा सहयोग पुर्‍याउने छ ।’

मन्त्री ढकालले कोरोना भाइरसको जोखिम कम गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल भित्रने तथा नेपालबाट अन्य देशमा जाने सबैको स्क्रिनिङ गर्ने गरिएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय