कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र  « Khabarhub

कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र 


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाइरहँदा यसबाट जोगिन के कस्ता सुरक्षा सतर्कता अपनाउने विषयमा खेल क्षेत्र पनि सचेत बनेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिडो १९ अर्थात कोरोना भाइरसबाट जोगिने के कस्ता उपाय अपनाउने तथा सुरक्षा सतर्कताबारे ध्यान दिनुपर्ने विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको हो ।

सार्वजनिक समारोह तथा मानिसहरुको भीडभाड हुने क्षेत्रमा कोरोनाको जोखिम उच्त हुनसक्ने कुरालाई मध्यनजर गर्दै एन्फाले राखेपलाई त्यसतर्फ सचेत रहन आग्रह गरेको हो ।

एन्फाले कोरोनाको संक्रमणबाट के कसरी जोगिने र खेलहरु आयोजना गर्दा अपनाउनु पर्ने सतर्कताका विषयमा राखेपलाई पत्र पठाइसकेको महासचिव इन्द्रमान तुलाधरले खबरहबसँग बताए ।

हामीले सचेतताका लागि राखेपलाई पत्र पठाएका छौं,´ तुलाधरले भने, तत्काल कुनै निर्णय भएको छैन।´

अहिले राजधानीमा फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोटका लागि आजैदेखि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु भएको छ। यस्तै, सहिद स्मारक बी डिभिजन लिग पनि राजधानीमा भइरहेको छ भने मोफसलमा नकआउटका फुटबल प्रतियोगिता चलिरहेका छन्।

तर, एन्फाले प्रतियोगिता रोक्ने विषयमा कुनै निर्णय नगरेको महासचिव तुलाधरले स्पष्ट पारेका छन्  । उनले यसबाट जोगिने उपाय भने खोजिरहेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण हालसम्म २ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : २९ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई