तालको सौन्दर्य जोगाउन सरोकारवाला सचेत हुनुपर्छः प्रधानन्यायाधीश राणा « Khabarhub

तालको सौन्दर्य जोगाउन सरोकारवाला सचेत हुनुपर्छः प्रधानन्यायाधीश राणा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् ।

उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आयोजित स्वागत कार्यक्रममा उनले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताए ।

ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले तालको सौन्दर्य फैसला गरेर मात्र नहुने र यसको संरक्षण सबै नागरिक तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्ने सुझाव दिए ।

नापीका महानिर्देशकलाई खटाएर तालको वास्तविक नापी भइसकेको जानकारी दिँदै उनले फरक–फरक नापीमा समान क्षेत्रफल नआएको बताए ।

भारतले गरेको हवाई सर्वेक्षणमा देखिएको ताल, यहाँ देखिएको नापीको नक्साको ताल र हालको नाप समान नभए पनि अधिकतम क्षेत्रफल कायम गर्नुपर्नेमा उनले जोड दिए ।

कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमितता गरेको पाइए छुट नदिइने स्पष्ट पार्दै प्रधानन्यायाधीश राणाले आफ्नो ज्ञान र विवेकलाई आत्मसात् गरी स्वाभिमानी र आत्मज्ञानी भई संविधान प्रदत्त कानुनी अधिकार प्रयोग गरी न्यायसम्पादन गर्न आग्रह गरे ।

न्यायप्रणाली सुधार गरेर लैजाने आफ्नो लक्ष्य भएकाले अदालतभित्रका कर्मचारी र न्यायाधीशका बारेमा गलत कुरा भएमा कानून व्यवसायीले पनि निर्धक्क भई बाहिर ल्याउन उनले आग्रह गरे ।

अडियो भिडियोमार्फत बहस पैरवी गर्ने प्रविधिको विकास गर्ने बताउँदै उनले प्रविधिले फड्को मारिसकेको वर्तमान अवस्थामा देशको न्यायप्रणालीलाई छिटोछरितो बनाउन प्रविधिको विकल्प नभएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ४५ बजे

आगामी निर्वाचनमा उज्यालो नेपाल पाटीबाट म्याग्दीमा पुनलाई समर्थन

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक