कोरोनाको आशंकामा आइतबार ४ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना « Khabarhub

कोरोनाको आशंकामा आइतबार ४ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशबाट आएका चार जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा आज  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

हालै दक्षिण कोरियाबाट फर्किएका २ जनालाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो भने दिउँसो अन्य दुई जनालाई पनि अस्पताल भर्ना गरिएको थियो ।

रूघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोनाको आशंका गर्दै अस्पताल आइपुगेका दुई जना पुरूषलाई अस्पताल आइसोलेसनमा भर्ना गरिएको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

डा बास्तोलाका अनुसार कोरोनाको संक्रमण फैलिएको कोरियाबाट उनीहरु आएको १४ दिन पूरा नभएको र कोरोनाको लक्षण देखिएपछि उनीहरूलाई आइसोलेसनमा भर्ना गरिएको हो ।

साँझमात्र अस्पताल भर्ना भएकाले उनीहरूको कोरोना भाइरसको परीक्षणका लागि नमुना भने भोलि बिहान लिने अस्पतालले तयारी गरेको छ । यसअघि दिउँसो भर्ना भएका दुई जनाको नमुना परीक्षणका लागि पठाइसकिएको र रिपोर्ट आउन बाँकी रहेको उनले जनाए ।

‘आज साँज थप दुइ जना पुरूषहरू रूघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा जचाउन आउनुभयो । कोरियाबाट नेपाल फर्किएको १४ दिन पनि नपुगेको रहेछ’, डाक्टर बास्तोलाले खबरहबसँग भने, ‘कोरोना प्रभावित देशबाट फर्किएको र लक्षण पनि कोरोनासँग मिल्दोजुल्दो देखिएकाले हामीले आइसोलेसनमा भर्ना गरेका हौं । उहाँहरूको कोरानाको जाँच भोलि बिहान हुनेछ ।’

यसअघि भर्ना भएका दुइमध्ये एक जना कोरियाबाटै  फर्किएका नेपाली र अर्का चीनमा नेपाल आएका विदेशी नागरिक रहेको उनले बताए ।

डा बास्तोलाका अनुसार आज दिउसो नै भर्ना भएका दुई जनाको भने कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोड स्ववको नमुन पठाइसकिएको छ।

उनीहरूको कोरोनाको प्रयोगशाला परीक्षणको नतिजा सोमबार आउने डाक्टर बास्तोलाले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ४० बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय