स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख « Khabarhub

स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । संक्रमितको संख्या ९५ हजार ९ सय २३ जना भन्दा बढी पुगेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । त्यस्तै एकै दिन ७ हजार ९ सय ६७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ हजार २ सय २५ जना उपचारपछि निको भएका छन् । ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार २ सय उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा