कोरोनाको संक्रमण फैलिएको धार्मिक सभामा १९ नेपाली रहेको भारतीय सञ्चारमाध्यमको दाबी « Khabarhub

कोरोनाको संक्रमण फैलिएको धार्मिक सभामा १९ नेपाली रहेको भारतीय सञ्चारमाध्यमको दाबी


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको नयाँदिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको हेडक्वार्टरमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यम द इकोनोमिकका अनुसार १ देखि १५ मार्चसम्म चलेको सभामा नेपालसहित १६ देशका नागरिक सहभागी थिए । तर अहिलेसम्म नेपालका कुन-कुन ठाउँका व्यक्ति सहभागी थिए भन्ने बारेमा भने अहिलेसम्म केहि जानकारी खुलाइएको छैन ।

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा तीन सय जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन् । भारतमा यो सभामा सहभागी भएकामध्ये केहीको मृत्यु भएको र केहीलाई कोभिड-१९ पोजेटिभ भेटिएपछि त्यहाँ अन्य देशका नागरिक पनि सहभागी भएको खुलेको थियो ।

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ०४ बजे

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई