कोरोनाको संक्रमण फैलिएको धार्मिक सभामा १९ नेपाली रहेको भारतीय सञ्चारमाध्यमको दाबी « Khabarhub

कोरोनाको संक्रमण फैलिएको धार्मिक सभामा १९ नेपाली रहेको भारतीय सञ्चारमाध्यमको दाबी


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको नयाँदिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको हेडक्वार्टरमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यम द इकोनोमिकका अनुसार १ देखि १५ मार्चसम्म चलेको सभामा नेपालसहित १६ देशका नागरिक सहभागी थिए । तर अहिलेसम्म नेपालका कुन-कुन ठाउँका व्यक्ति सहभागी थिए भन्ने बारेमा भने अहिलेसम्म केहि जानकारी खुलाइएको छैन ।

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा तीन सय जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन् । भारतमा यो सभामा सहभागी भएकामध्ये केहीको मृत्यु भएको र केहीलाई कोभिड-१९ पोजेटिभ भेटिएपछि त्यहाँ अन्य देशका नागरिक पनि सहभागी भएको खुलेको थियो ।

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ०४ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द