पोर्चुगलको क्वारेन्टाइनमा रहेका तीन नेपाली उपचारपछि फिर्ता « Khabarhub

पोर्चुगलको क्वारेन्टाइनमा रहेका तीन नेपाली उपचारपछि फिर्ता


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलमा कोरोना भाइरसको संक्रमणमा परेका तीन नेपाली उपचारपछि आफ्नो निवास फर्किएका छन् ।

फारोको क्वारेन्टाइनमा रहेका उनीहरु स्वस्थ रहेको प्रमाणपत्र लिएर क्वारेन्टाइनबाट बिदा भएका हुन् । अब उनीहरु आफ्नै बासस्थानमा बस्न पाउनेछन् ।

कोरोनाको संक्रमण ठीक भएको प्रमाणपत्र ।

उपचारपछि उनीहरुले क्वारेन्टाइनमा सहयोग गर्ने तथा उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिँदै क्वारेन्टाइनबाट बिदा लिएका छन् ।

पोर्चुगलमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ४ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ सय ६० जनाले ज्यान गुमाएका छन् । ४३ जना उपचारपछि निवास फर्किएका छन् ।

अहिले पोर्चुगलमा ७ हजार २ सय ४० जना संक्रमित विभिन्न अस्पताल, आइसोलेसन र क्वारेन्टाइनमा छन् । त्यसमध्ये १ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टाको अवधिमा पोर्चुगलमा नयाँ संक्रमण र मृत्युको घटना भएको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ४४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको