दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन् ।
सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ जाँदै गरेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक छोरा चामुण्डाविन्द्रासैनी–३ का २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेका छन् ।
प्रहरीले ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी र दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया