अस्ट्रेलियाका टेस्ट कप्तान पाइन भन्छन् – स्मिथ नेतृत्वका लागि तयार भए मेरो साथ छ « Khabarhub

अस्ट्रेलियाका टेस्ट कप्तान पाइन भन्छन् – स्मिथ नेतृत्वका लागि तयार भए मेरो साथ छ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका टेस्ट क्रिकेट कप्तान टिम पाइनले यसअघि टोलीको नेतृत्व गरिसकेका स्टेभ स्मिथलाई कप्तानी दिँदा आफ्नो समर्थन रहेको बताएका छन् ।

२ वर्ष कप्तानी गरेका स्मिथ बल टेम्पिरिङमा परेपछि १ वर्षको प्रतिबन्धमा परेका थिए । प्रतिन्धपछि बलियो फर्मसहित टोलीमा फर्किएका उनले टोलीको नेतृत्व गर्दा आफ्नो साथ रहेको बर्तमान कप्तान पाइनले बताएका छन् ।

स्मिथले २०१८ मा दक्षिण अफ्रिकाविरद्धको टेस्ट सिरिजमा बल टेम्पिरिङ गरेपछि प्रतिबन्धमा परेका थिए । ३६ वर्षीय पाइनले कुनै खेलाडीसँग कप्तानीको बारेमा छलफल नभएको बताएका छन् ।

तर, स्मिथ तयार भए आफुसाथ दिने बताएका छन् । ‘मैले यो विषयमा स्मिथसँग कुरा गरेको छैन । मेरो समय कम छ त्यसमा शंका छैन । मलाई लाग्छ उनले आईपीएल –इन्डियन प्रिमियर लिग) मा राजस्थान रोयल्स र दी हन्ड्रेडमा पनि कप्तानी गरिसकेका छन्,’ पाइनलाई उद्धत गर्दै आईसीसीले लेखेको छ, ‘यो यस्तो छ जुन उनलाई मन पर्छ । यदि स्मिथ यो निर्णयमा पुग्छन् भने त्यसमा मेरो पूर्ण साथ रहनेछ ।’

अबको पहिलो टेस्ट सिरिजका रुपमा अस्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । जुनमा हुनेतय भएको छ । पाइनले उक्त सिरिज अहिलेसम्म स्थगित र रद्ध हुने बारे कुनैनिर्णय भएको छैन् ।

कोरोना भाइरसले विश्वभ महामारी फैलाएपछि अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अधिकाशं प्रतियोगिताहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।

यदि कोरोना कै कारण बंगलादेश सिरिज रद्ध हुन गए अस्ट्रेलिया वल्ड टेस्ट च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतलाई पछि पार्ने अवसरबाट चुक्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ०२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर