आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्छ : अर्थमन्त्री खतिवडा « Khabarhub

आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्छ : अर्थमन्त्री खतिवडा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ ।

कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन ।

हालको अवस्था हेर्दा १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने देखिएको बताउदै उनले भने ‘छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशत घट्ने देखिन्छ । लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला ।’

‘यो त प्रारम्भिक अनुमान मात्र हो । सबै कुरा अहिले नै प्रक्षेपण गर्न कठिन छ’ उनले भने ‘यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभों जाँदैछ ।’

लकडाउन गरेको र सीमा बन्दको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गएको अर्थमन्त्री खतिवडाले बताए । विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ महिना खेर जाने अवस्था आएकाले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा नहुने देखिएको उनको भनाइ छ ।

यसैगरी फेब्रुअरी र मार्च पर्यटकको सिजन पनि खेर गयो । तेस्रो वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भएको छ । ‘यी सबै असरहरु समग्र अर्थतन्त्रमा परेकाले हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो । तर, कति कम हुन्छ भन्ने कुराको हामी आँकलन गर्दैछौं’ उनले भने ।

सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा राजश्व र खर्च घट्ने संशोधित अनुमान गरे पनि आर्थिक वृद्धिको लक्ष्यमा भने संशोधन गरिएको छैन । राजश्व र खर्चको संशोधित लक्ष्यले साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको थिएन ।

कोरोना कहरले मुलुक लकडाउनमा गएपछि यो झनै सम्भव देखिएन । विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नेपालको आर्थिक विस्तार ५ प्रतिशतसम्म हुने अनुमान सार्वजनिक गरेका थिए ।

यस्तै छिमेकी मुलुक कोरोनाले गर्दा भारतको पनि आर्थिक विस्तार खुम्चिएर साढे २ प्रशितमा सीमित रहने अनुमान गरिएको छ । भारतले ५.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको उनको भनाई छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : १७ बजे

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि