पाशुपत क्षेत्रका बाँदर,परेवालाई दिनको दुईपटक दाना दिइदैं « Khabarhub

पाशुपत क्षेत्रका बाँदर,परेवालाई दिनको दुईपटक दाना दिइदैं


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काेराेना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै उपत्यकासहितका सहरी क्षेत्रका पशुपन्छि भोकमारीमापरेका छन् ।

पशुपन्छि धेरै भएको पशुपतिनाथ लगायतका क्षेत्रका पशुपन्छि समस्सामा परेका हुन् ।

पशुपति क्षेत्र विकास काेषले कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई विभिन्न सहयोगी संस्था रव्यक्तिहरुसँगको सहकार्यमा विहान ६ बजे र दिउसो ३ बजे दिनको दुईपटक खाना–दानाको व्यवस्था गर्दै आइरहेको छ ।

गत शनिवारदेखि नै यो कामलाइ निरन्तरता दिदै आएको काेषले जनाएको छ ।

‘आमजनमानसमा रहेको चासोको हामी सम्मान गर्दछौँ ‘ काेषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘कोष यस विषयमा गम्भीर छ रआफ्नो कर्तव्य पूरा गरिरहेको छ ।‘

त्यस्तै दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र बेसहारा बनेर सडकमै बस्नुपर्ने बाध्यता भएका मानवहरुका लागि पनि व्यक्तिगतप्रयासमा उदारमना महानुभावहरुसँगको सहकार्यमा हरेक दिन विहान १२ बजेदेखि २ बजेसम्म सुमार्गी भवनमा निशुल्क भोजनको प्रबन्धगरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ५७ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका