चितवनका व्यवसायीको चिन्ता– लकडाउनका बेला हात्ती दुब्लाउने भए ! « Khabarhub

चितवनका व्यवसायीको चिन्ता– लकडाउनका बेला हात्ती दुब्लाउने भए !


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको सौराहा क्षेत्रका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हात्तीहरुलाई आवश्यक पर्ने आहारको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले हात्तीको आहारका लागि निकुञ्ज कार्यालयले घाँस उपलब्ध गराउनुपर्ने पनि माग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकलाई हात्ती सफारी गराउन सौराहामा निजीस्तरबाट हात्ती पालिएका छन् ।

यसअघि आफ्नै तरिकाले हात्तीका लागि आहार जुटाउँदै आएका व्यवसायीहरुले लकडाउनका कारण भने समस्या भएको बताएका छन् ।

युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी लकडाउनका कारण हात्तीहरुलाई खुवाउने दानासहितको आहार जुटाउन नसकिएको बताउँछन् । यस्तो अवस्थामा हात्तीहरुको प्राण बचाउनका लागि पनि निकुञ्ज कार्यालयले घाँस उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

‘हामीले निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ,’ ‘तर अहिलेसम्म सुनुवाई भएको छैन । अहिलेको अवस्थामा पशु अधिकारकर्मीहरु समेत केही बोलेका छैनन् ।’

एउटा हात्तीलाई दैनिक २ सय ५० किलो आहारा आवश्यक पर्ने तिवारीको भनाइ छ ।

यसअघि हात्तीलाई घाँससँगै दाना पनि दिने गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले सुनाए । ‘लकडाउनका कारण दाना दिन सकिएको छैन । यस्तो अवस्थामा हात्ती दुब्लाउला कि भन्ने चिन्ता बढेको छ,’ भट्टराईले चिन्ता व्यक्त गर्दै भने ।

निकुञ्जले घाँस मात्रै उपलब्ध गराइदिएको भए हात्ती जोगाउन सकिने भट्टराई बताउँछन् ।

हात्ती व्यवसायीहरुले सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।

चितवनको सौराहामा अहिले ७० वटा निजी हात्तीहरु रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १२ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र