नेपाल बैंकद्वारा सातै प्रदेशलाई गरी ३५ लाख सहयोग | Khabarhub Khabarhub

नेपाल बैंकद्वारा सातै प्रदेशलाई गरी ३५ लाख सहयोग


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बैंक लिमिटेडले सातै प्रदेश सरकारलाई जनही ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा पाँच/पाँच लाख गरी ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

बैंकले यसअघि कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक करोड आर्थिक सहयोग प्रदान गरेका थियो ।

योसँगै कोरोना भाइरस सङ्क्रमण रोकथाममा बैंकको तर्फबाट कूल रु एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : २५ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ