वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि ‘क्वारेन्टाइन’ मा, खानेकुराको छैन कुनै समस्या | Khabarhub Khabarhub

वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि ‘क्वारेन्टाइन’ मा, खानेकुराको छैन कुनै समस्या


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् ।

‘कोभिड–१९’ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी भेटघाट रोकिएको र उहाँहरुलाई घरभित्रै दूरी कायम गरी बस्न भनिएको कार्यालयले जनाएको छ । कर्मचारी दैनिक घर जाने र आउने गर्दा यहाँ भित्रका ज्येष्ठ नागरिकमा पनि रोग फैलनसक्ने भन्दै कार्यरत धेरै कर्मचारी यहीँ बस्न थालिएको प्रमुख देवी चालिसेले बताए । चैत महिनाको शुरुदेखि नै नेपाली र विदेशी आगन्तुक दुवैलाई भित्र आउन नदिइएको उनले बताए । उनले भने, ‘उहाँहरु भित्र नै सुरक्षित बसिरहनु भएको छ, बाहिरी भेटघाट गर्नुभएको छैन ।’

वृद्धाश्रमभित्र पहिलेदेखि सामाजिक दूरीमा खाटहरु रहेका छन् । जाडो भएकाले अघिल्लो महिनासम्म घाम ताप्न परिसरमा निस्कने भए पनि अहिले ज्येष्ठ नागरिक घरभित्रै बस्ने गरेका छन् । कुनै काम परेर बाहिर निस्कँदा पनि सकेसम्म दूरीमै रहन भनिएको प्रमुख चालिसेले बताए । उनले भने, ‘उहाँहरु पनि सजग भएर मानिरहनुभएको छ ।’

अहिलेसम्म कसैमा पनि रोगको सङ्क्रमण नदेखिए पनि कुनै लक्षण देखिएमा छुट्टै राख्नका लागि तीन वटा बेड रहेको चालिसेले सुनाए । यहाँ रहेका ज्येष्ठ नागरिकलाई कार्यालयले हात धुनका लागि साबुनपानी, ह्याण्ड वास, सेनेटाइजर, मास्कलगायतका सामग्री उपलब्ध गराएको छ ।

यो वृद्धाश्रम नेपाल सरकारद्वारा सञ्चालित देशको एक मात्रै वृद्धाश्रम हो । यहाँ २५ जना कर्मचारी कार्यरत रहेकामा हाल १७ जना यहीँ बस्दै आएका छन् । पहिले यहाँ कार्यरत अधिकांश कर्मचारी राति घर गएर बिहान आउने गरेको प्रमुख चालिसेले बताए ।

सामान्य अवस्थामा रातको समयमा नर्स, सुरक्षाकर्मी र सुसारे एकएक जना मात्रै रातमा बस्ने गर्दथे । ‘कर्मचारी बाहिर–भित्र गर्दा रोगको सङ्क्रमण पनि सँगै आउनसक्छ भनी उहाँहरु पनि यहीँ बस्ने गर्नुभएको हो । यहाँ दैनिक आवश्यक कर्मचारी मात्रै यहाँ बस्ने गरेका हुन्,’ चालिसेले भने, ‘त्योभन्दा बढी मानिस बस्नका लागि यहाँ स्थान पनि पुग्दैन ।’

चालिसेका अनुसार कुनै पनि काम परेर कर्मचारी घर बाहिर जाँदा पनि आवश्यक सावधानी अपनाउने र आएपछि पनि सरसफाइपछि मात्रै भित्र प्रवेश गर्न दिइएको छ । दैनिक आउने तरकारी, दूधलगायतका खाद्यन्नलाई पनि सुरक्षित गरेर मात्रै भित्र प्रवेश गराइन्छ । बृद्धाश्रममा अहिलेसम्म आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव नभएको प्रमुख चालिसेले सुनाए । आवश्यक पर्दा मन्त्रालयसँगको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको छ ।

आमनागरिकललाई रासनमा समस्या आइरहँदा पनि बृद्धाश्रम भित्र भने यस्तो समस्या छैन । सरकारी खरिद नियमानुसार एक वर्षका लागि खरिद गर्ने गरी सम्झौता भएकाले त्यसको समस्या नआएको हो । आपूर्तिकर्ताले यहाँ आवश्यक खाद्यन्न आपूर्ति गरिरहेको प्रमुख चालिसेले बताए । वृद्धाश्रमले सरकारले तोकेका खानेकुरा आपूर्तिकर्ताले ल्याउने गरेका हुन् ।

सरकारले नतोके पनि ज्येष्ठ नागरिकले चियासँग बिस्कुट खाने गरेका थिए । अहिले बाहिरबाट आगन्तुक नआउँदा बिस्कुट आउन छाडेको छ । अहिलेसम्म पहिलेको स्टक बाँकी भए पनि अब त्यो सकिन लागेको छ । चालिसेले भने, ‘तत्काल दाताबाट नआउने भएकाले त्यसबारे हामी मन्त्रालयसँग कुराकानी गर्नेछौँ ।’

वृद्धाश्रममा रहेको स्वास्थ्य विभागले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ । त्यसबाहेकका उपचारका लागि उहाँहरुलाई सम्बन्धित अस्पतालमा लगिन्छ । कोभिड–१९ को सङ्क्रमण कुनै व्यक्तिमा देखिएमा तत्काल तोकिएको अस्पताल लगिने चालिसेले बताए । यहाँ रहेको सवारीसाधन तयारी अवस्थामा राखिएको छ ।


सञ्चिता घिमिरे/रासस

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ४२ बजे

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत

बजेटमा रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता : प्रधानमन्त्री

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१–८२ को

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट