विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले ल्यायो नयाँ नियम « Khabarhub

विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले ल्यायो नयाँ नियम


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले स्वदेशमै खपत हुनेगरी कोरोना भाइरसको परीक्षण किट उत्पादनको अनुमति नलिएका कम्पनीहरुद्वारा उत्पादित स्वास्थ्य उपकरण विदेश निर्यातमा प्रतिबन्ध लगाएको छ ।

चीनमा खपत गर्नका लागि उपकरण बनाउने अनुमति नभएका कम्पनीहरुलाई विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले प्रतिबन्ध लगाएको हो ।

विभिन्न युरोपेली मुलुकहरुमा पठाइएका यस्ता उपकरण गुणस्तरहीन भएको समाचार आएसँगै चीनले प्रतिबन्धको घोषणा गरेको हो ।

चीनको वाणिज्य मन्त्रालय, भन्सार प्रशासन र राष्ट्रिय मेडिकल उत्पादन प्रशासनले संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षण किट, मास्क, पीपीई, भेन्टिलेटर र इन्फ्रारेड थर्मोमिटर निर्यात गर्न चाहने सबै कम्पनीहरुलाई नयाँ नियम लागू हुने उल्लेख गरेका छन् ।

यसअघि चीनका निर्यातकताहरुले युरोपेली आर्थिक क्षेत्रमा यस्ता सामान पठाउँदा मानिसहरुको स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरी सीई गुणस्तर चिह्न लिनुपर्ने प्रावधान थियो ।

केही समयअघि स्पेन, नेदरल्याण्ड्स, चेक गणतन्त्र लगायतका मुलुकले चीनबाट आयात गरिएका स्वास्थ्य उपकरणले गलत नतिजा दिएको बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ४३ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित