कोरोना भाइरसका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको  कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ ।

उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि  क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा उनी भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको मंगलबार निधन भएको बीबीसीले जनाएको छ ।

उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् ।

दक्षिण अफ्रीका रहँदै आएकी भारतीय मूलकी उनको मृत्यू कोरोनाभाइरसकै कारण भएको अफ्रीकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्षले दाबी गरेकी छिन् । तर उनको मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।

दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

अफ्रिकाको क्वाजुलु नतालमा बस्दै आएकी ६४ वर्षीया गीता साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलमा एचआईभी संक्रमण रोक्ने विषयमा अनुसन्धानरत थिइन् ।

उनलाई सन् २०१८ मा युरोपियन डेभलपमेन्ट क्लिनिकल ट्रायल्स पार्टनरसिप्सका तर्फबाट आउटस्ट्यटण्डिङ फिमेल साइन्टिस्टको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ०७ बजे

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण