पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो « Khabarhub

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी छन् ।

नायिका शर्माले सामाजिक सञ्जाल फेसबुकबाट पहिलो पटक मतदान गरेको फ्यानहरूलाई जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘लेखौं भविष्य आफ्नो आफैँले हाम्रो परिवारको भेट कसलाई होला ? भोट हाल्नुभयो त ?’

उनले पृष्ठभूमिकामा मन्दिरको घण्टी देखाएर तस्बिर सेयर गरेकी छन् ।

मतदान पश्चात उनले एक कविता पनि सेयर गरेकी छन् ।

कविता यस्तो छ –

मेरो औँलामा लागेको यो निलो मसी
साधारण दाग होइन ,
मेरो जिम्मेवारीको चिनो हो,
मेरो आवाज, मेरो अस्तित्व,
मेरो देशप्रतिको पहिलो कसम हो |
जब म मतदान केन्द्र पुगेँ,
लाइनमा उभिँदा
मनमा हजारौँ प्रश्नहरू थिए,
डर लाग्थ्यो…
कतै गलत हातमा देश नपरोस्,
कतै मेरो पहिलो भोट
भोलिको पश्चाताप नबनोस्।
तर फेरि सम्झिए भोलिका हाम्रा सन्तानको
सुनौलो भविष्य र स्वतन्त्र सपना…
मेरो आजको निर्णयमै त निर्भर छ।
केही अनुहारमा देखिन्थ्यो आशा,
केही भाषणमा परिवर्तनको वाचा,
मनले भन्थ्यो,
‘सायद यिनैले देश बनाउनेछन्।’
तर भित्र कतै सानो डर पनि,
‘यदि यी पनि उस्तै भए भने?
यदि फेरि विश्वास टुट्यो भने?’
त्यसैले मेरो भोट
केवल कागजमा छाप होइन,
यो त प्रार्थना हो,
यो त विश्वास हो,
यो त भविष्यको बीउ हो।
म चाहन्छु-
भ्रष्टाचारभन्दा माथि उठेको देश,
युवाले विदेश होइन, आफ्नै माटो रोज्ने देश,
आमाको अनुहारमा ढुक्क मुस्कान भएको देश।
आज मैले पहिलो पटक भोट हाल्दा
आँखामा आशा थियो,
मनमा डर थियो,
तर छातीमा साहस थियो !
मेरो पहिलो भोट
मेरो सपना हो,
मेरो संघर्ष हो,
मेरो भोलि हो।
र म चाहन्छु—
यो कहिल्यै पछुतो नबनोस्,
बरु
मेरो पुस्तादेखि मेरा सन्तानसम्म
गर्वको कथा बनोस्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १२ : १८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम