कोरोना भाइरसका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको  कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ ।

उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि  क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा उनी भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको मंगलबार निधन भएको बीबीसीले जनाएको छ ।

उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् ।

दक्षिण अफ्रीका रहँदै आएकी भारतीय मूलकी उनको मृत्यू कोरोनाभाइरसकै कारण भएको अफ्रीकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्षले दाबी गरेकी छिन् । तर उनको मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।

दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

अफ्रिकाको क्वाजुलु नतालमा बस्दै आएकी ६४ वर्षीया गीता साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलमा एचआईभी संक्रमण रोक्ने विषयमा अनुसन्धानरत थिइन् ।

उनलाई सन् २०१८ मा युरोपियन डेभलपमेन्ट क्लिनिकल ट्रायल्स पार्टनरसिप्सका तर्फबाट आउटस्ट्यटण्डिङ फिमेल साइन्टिस्टको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ०७ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला