कोरोना भाइरसले भारतमा १ हजार १५४ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसले भारतमा १ हजार १५४ जनाको मृत्यु


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो ।

भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ ।

भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएका छन् । २४ हजार ६४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार १७४ जनाले ज्यान गुमाएका छन् भने १ लाख २० हजार बढी संक्रमित पुगेका छन् ।

एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९४ हजार ६४० संक्रमित रहेका छन् भने ६ हजार २८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : २१ बजे

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

मुस्ताङ– मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की– पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं– सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित