सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो « Khabarhub

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै लेखक तत्काल रिहा हुने सम्भावना कमजोर भएको छ।

पत्नी यशोदाले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला आदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन ।

लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

यशोदाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाउँदै आइतबार निवेदन हालेकी थिइन्।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : ४४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष