दश प्रकारका धानको बीउ मौज्दात « Khabarhub

दश प्रकारका धानको बीउ मौज्दात


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको मेची कृषक बहुमुखी सहकारीले रु ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ ।

तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरुको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिए ।

मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफैंले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै आएको छ ।

नेपाल सरकारको राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय काठमाडौँले ती धानका बीउहरु तराइका लागि सिफारिस गरेको काफ्लेले बताए ।

किसानहरुले हार्वेस्ट सेवा केन्द्रमा आफैँ आएर खुद्रा मूल्यमा धानको बीउ खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । झापाका स्थानीय सहकारी संस्था र एग्रोभेट पसलहरुले थोक मूल्यमा बीउ किनेर किसानलाई खुद्रामा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : २५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु