रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन « Khabarhub

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ। सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा उनको निधन भएको परिवारले जनाएको छ ।

रानुदेवीको बाल्यकाल वनारसमा बितेको थियो, त्यहीँ रहदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणा शासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।

उनको वि.स. २००६ सालमा रेडियो नेपालमा ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायतका गीत चर्चित छन् ।

इतिहासमा स्नात्तकोत्तर रानुदेवीले विक्रम संवत् २०२३ सालदेखि २०५३ सम्म अध्यापन गरेकी थिइन् ।उनका एक छोरा र दुई छोरी छन् ।

रानुदेवीले राणाशासन विरुद्धको लडाइँमा गीत गाउँदै हिँडेकी थिइन् । उनले वि.सं. २००६ मा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् ।

‘जुनेली रात हजुर’, ‘जागे नेपाली उठे नेपाली’ लगायतका गीतमा स्वर दिएर चर्चामा रहेकी रानुदेवी शास्त्रीय संगीतमा रुचि राख्थिन् ।

रानुदेवीका एक छोरा र दुई छोरी छन् । रानुदेवीका एक छोरा र एक छोरी अमेरिकामा बस्दै आएका छन् भने कान्छी छोरी काठमाडौं बस्ने गर्छिन् । उनको शुक्रवार बिहानै अन्त्यष्टि गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : ५५ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट