सेनाको ‘ड्यूटी’मा नयाँ अनुभव सँगाल्दै फुटबलर भरत खवास « Khabarhub

सेनाको ‘ड्यूटी’मा नयाँ अनुभव सँगाल्दै फुटबलर भरत खवास


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फूटबल टोलीका अनुभवी खेलाडी भरत खवास अहिले फरक भूमिकामा देखिएका छन् । उनी मैदानमा त छन् तर खेलको होइन, सैनिक जिम्मेवारीको ।

नेपाली सेनाका उपसेनानी भरत अहिले सैनिक बर्दीमा ड्युटीमा खटिएका छन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेल अभ्यासमा व्यस्त भरत नोबल कोरोना भाइरस (कोभिड–१९) ले अभ्यास रोकिएपछि सेनाको काममा फर्किएका हुन् ।

चैत पहिलो हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलकुदका सबै गतिविधि बन्द गर्ने निर्णय गरेसँगै फूटबल पनि बन्द भयो । विभागीय टोलीका खेलाडीहरू भने खेलकुद गतिविधि नभएपछि विभागले खटाएको जिम्मेवारीमा लागेका छन् ।

खेल र अभ्यास नभएपछि भरत पनि विभागको जिम्मेवारीसहित ड्युटीमा खटिएका छन् । एक हप्ताभन्दा बढी भयो भरत सेनाको ड्युटीमा खटिएको ।

उनी अहिले विमानस्थलमा फ्लाइट डिस्प्याचरको जिमेवारीमा काम गरिरहेका छन् । गएको वर्ष थाइल्यान्डमा सम्पन्न ३ महिनाको कोर्सपछि भरत प्राविधिक उपसेनानीका रूपमा कार्यरत छन् ।

‘मलाई अलि गाह्रो छ । अध्ययन गरेको छु, अनुभव नहुँदा काममा केही असहज हुन्छ तर सिकिरहेको छु,’ भरतले भने, ‘नयाँ अनुभव बटुल्दै छु ।’

सधैँ मैदानमा फूटबलका पछाछि दौडिने भरत अहिले विमानस्थलमा विमानको समय चेकजाँचदेखि रुटिङ व्यवस्थापन अर्थात् फ्लाइट अप्रेसन अफिसरका रूपमा कार्यरत छन् ।

अहिलेको काम विल्कुल नयाँ रहेको उनी बताउँछन् । सैद्धान्तिक ज्ञान भएपनि व्यावहारिकरूपमा अभ्यस्त नभएको बताउँदै उनले यो काम सिक्ने उचित अवसर भएको बताए ।

‘हामी खेलाडी भएकाले फिल्डमा गएर अहिलेको जस्तो काम पहिले खासै गरेका थिएनौँ । अहिले काम सिक्न पाइरहेको छु । आफ्नो जिम्मेवारीका काम पनि सिकिरहेको छु,’ भरतले खबरहबसँग भने ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै खेल नहुँदा मन खिन्न भएको बताउनले उनी भन्छन्, ‘पाएको जिम्मेवारीलाई सहज रुपमा लिएर काम गर्दैछु ।’

‘फूटबलका गतिविधि नहुँदा अरूबेला पनि ड्युटीमा खटिरहेको हुन्थे । अहिलेको समयलाई जिम्मेवारी र दायित्व ठानेर काम गरिरहेको छु,’ भरतले भने, ‘खेल्न नपाउँदा मन खिन्न त हुने नै भयो ।’

भरतले सन् २००८ मा पाकिस्तानविरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । त्यसपछि उनले नियमित टोलीमा स्थान बनाउँदै आएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले नेपालका लागि १० गोल गरिसकेका छन् । उनी नेपालका लागि १३ अन्तर्राष्ट्रिय गरेका हरि खड्का र निराजन रायमाझीको कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

फूटबलभन्दा बाहिर विभागीय ड्युटीमा रहेका उनलाई नयाँ काम अफ्ठ्यारो महसुस भएको छ । ‘हामी सधैँ फूटबलमा व्यस्त हुन्छौँ, त्यसले गर्दा पनि अन्य कामभन्दा खेल्नु नै सजिलो, राम्रो र मज्जा लाग्छ,’ खवासले भने, ‘जिम्मेवारी अनुसार काम गरिरहेको छु । फूटबलभन्दा अफ्ठ्यारो हुने नै भयो ।’

घरेलु ए डिभिजन लिगमा नेपाल पुलिस हुँदै आर्मीमा पुगेका उनी लामो समयदेखि आर्मीका स्थायी कर्मचारी हुन् ।

गएको वर्ष फागुनमा सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा आर्मी क्लबका कप्तान भरतले ५० गोलको आँकडा पुरा गरे । त्यतिमात्रै होइन आर्मीलाई शीर्ष दोस्रो स्थानसम्म पुर्‍याए ।

उपाधि जित्ने लक्ष्यमा रहेको आर्मीलाई मच्छिन्द्र क्लबले अन्तिम खेलमा १–० ले पराजित गरेसँगै आर्मीको च्याम्पियन लक्ष्य अधुरो भएको थियो । उनी भने लिगको सर्वोकृष्ट स्ट्राइकर चुनिएका थिए । जसमा उनले ४ गोल गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ५४ बजे

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी