नेकपाको आन्तरिक विवादका बीच चिनियाँ राजदूतको ‘अर्थपूर्ण’ दौडधूप | Khabarhub Khabarhub

नेकपाको आन्तरिक विवादका बीच चिनियाँ राजदूतको ‘अर्थपूर्ण’ दौडधूप


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भने राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छन् ।

बिहीबार मात्रै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादले सरकार परिवर्तनसम्म हुन सक्ने चर्चा चलिरहेका बेला राजदूत यान्छीको शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजदूत यान्छीले बिहीबार बेलुका प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको राजनीतिक परिस्थिति र कोरोना भाइरस रोकथामका विषयमा नेपाल सरकारले गरिरहेको प्रयासका विषयमा छलफल गरेकी थिइन । प्रधानमन्त्रीलाई भेट्न यान्छी बेलुका ८ बजे बालुवाटर पुगेकी थिइन् । राजदूत यान्छी र प्रधानमन्त्री ओलीबीच झण्डै २ घण्टा कुराकानी भएको थियो ।

त्यस्तै राजदूत यान्छीले शुक्रबार बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न यान्छी बिहान ९:३० बजेतिर खुमलटार पुगेकी थिइन । प्रचण्डसँग यान्छीले बिहान ९:३० देखि १०:३० सम्म गरी एक घण्टा कुराकानी गरिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच दुरी बढिरहेका बेला राजदूत यान्छीले प्रधानमन्त्री पछि कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

प्रचण्डसँगको भेटमा पनि उनले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिका बारेमा चासो राखेको बताइएको छ ।

प्रचण्डलाई भेटेपछि यान्छी बरिष्ठ नेता एवम् नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् । नेपालसँगको भेटमा पनि राजदूत यान्छीले नेकपाभित्रको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी गरेकी बुझिएको छ ।

नेकपाका नेता एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेपालका लागि चिनियाँ राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र नेता नेपालसँग छुट्टाछुट्टै भेट गरेको जानकारी दिए । भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको उनको भनाइ छ ।

नेकपाभित्र विवाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता बढेको छ । उनले गत वैशाख १८ गते साँझ प्रधानमन्त्री ओलीसँग भेटेकी थिइन् । पछिल्ला दिन राजदूतको बाक्लिँदो भेटका बारेमा प्रधानमन्त्रीको सचिवालय र राजदूतावासले केही बोलेको छैन।

अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोनवार्ता भएको थियो। त्यस्तै बुधवार दिउँसो वरिष्ठ नेता नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका प्रमुख सोङ्ग ताओले पालसंग भिडियो कन्फरेन्स गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ०० बजे

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत