मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि | Khabarhub Khabarhub

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।

ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु १५० सम्ममा झरेको अण्डाको मूल्य आज रु २७० पुगेको छ । अण्डा उत्पादकका अगुवा कृषक मदन पोखरेलले रु २७० प्रतिक्रेटमा फार्मबाट अण्डा व्यवसायीले उठाएको जानकारी दिए । उनका अनुसार अहिले कृषकका गोदाममा अण्डा छैन ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डाको उत्पादन कम भएको तर भण्डारण गरेर राख्नु नपरेको जानकारी दिए । लकडाउनमा घर बस्नेहरुले अण्डाको उपभोग निकै बढाएको उनको भनाइ छ । दुई÷चार वटा अण्डा प्लाष्टिकको झोलामा राखेर किन्ने उपभोक्ताले क्रेटका क्रेट अण्डा किन्ने गरेको उनी बताउँछन् । लकडाउनअघिसम्म दैनिक ३५ लाख वटा हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २५ लाख हाराहारीमा झरेको अध्यक्ष केसीको भनाइ छ ।

दाना खुवाउन कठिन हुने र अण्डा बिक्री गर्न नसकिने ठानेर कृषकले कुखुरालाई कम दाना खुवाउने, ठूलो हुँदै गएको कुखुरा बेच्ने र मोल्टिङ गर्ने गरेका कारण अण्डाको उत्पादन घटेको उनी बताउँछन् । डा शरण पाण्डेका अनुसार मोल्टिङ गर्दा दाना नखुवाएर कुखुराको शरीरको तौल घटाउने र अण्डा उत्पादन शून्यसम्म झारिन्छ । यसो गर्दा पछि उत्पादन बढ्ने गर्दछ ।

अण्डाको मुख्य बजार काठमाडौँ हो । अहिले होटल, पार्टीप्यालेस बन्द भएसँगै सभा–सम्मेलन केही भएका छैनन् । अहिलेको अधिकांश खपत घरमा बस्नेहरुले नै गरेका हुन् । सङ्घ पूर्वअध्यक्ष त्रिलोचन कँडेल अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट रु ११.५३ भएको भन्दै लकडाउनमा बिक्री गर्न पाउँदा पनि राहत मिलेको बताउँछन् ।

राज्यले सम्बोधन नगरे कुखुरापालन क्षेत्र अस्तव्यस्त हुने उनको भनाइ छ । लकडाउनमा अण्डाको खपत भइरहनुलाई भने उनी सकारात्मक रुपमा लिन्छन् ।
उपभोक्ताले अण्डालाई सुरक्षित खानाका रुपमा लिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सुरक्षित तरिकाले उपयोग गर्न सके अण्डा राम्रो खाद्यवस्तु भएको बताउँछन् ।

अण्डालाई घरमा ल्याएपछि सुरक्षित ठाउँमा भण्डारण गरी साबुनपानीले हात धुन उनी सुझाउँछन् ।
अण्डालाई राम्रोसँग पकाएर खाँदा राम्रो पोषण प्राप्त हुने गर्दछ । उनले भने “अण्डामा सबै थोक छ, सेतो भागमा बढी प्रोटिन छ, पहँेलोमा भिटामिन बी–१२, प्रोटिनजस्ता महत्वपूर्ण पोषणतत्व छ ।”

नेपालमा अण्डा वितरणमा अग्रणी संस्था किसान दाना उद्योग प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार लकडाउनको शुरुका दिनमा समस्या भए पनि त्यसपछि बिक्रीमा समस्या छैन । मूल्य क्रमशः बढ्दै गएको छ । दैनिक यस कम्पनीले आफ्नो ४०० र किसानको ६०० पेटी अण्डा सङ्कलन गरेर बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ३१ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले