जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक | Khabarhub Khabarhub

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा १८ करोड ६७ लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ ।

नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले उक्त मूल्य बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको हो । गत चैत १३ गतेबाट किताब बिक्री सुरु गरेको सो कार्यालयले हालसम्म १३ लाख ५१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको हो ।

कार्यालय प्रमुख रुद्र खनालका अनुसार नयाँ शैक्षिक सत्र सुरु भएपछि कार्यालयले आफ्ना थोक बिक्रेतालाई सहजरुपमा पाठ्यपुस्तक उपलब्ध गराइरहेको छ ।

कार्यालयले गतवर्ष विद्यार्थी भर्नाका समयमा २७ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको २१ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो । अहिले सो कार्यालयमा सात करोड १४ लाख रुपैयाँ मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले बताए ।

कार्यालय प्रमुख खनालले यस वर्ष पुस्तकको अभाव नहुने जानकारी दिए । सुरु सुरुमा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गरिए पनि पछिल्ला समय मधेसका जिल्लामा समयमा पाठ्यपुस्तक बिक्री वितरण गरिएको हो ।

सो कार्यालयले आफ्ना सूचीकृत भएका ८२ पुस्तक बिक्रेतामार्फत कक्षा ५ देखि कक्षा १२ सम्मका पुस्तक बिक्री वितरण गर्दैआएको छ । कार्यालयले ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली तथा मधेस प्रदेशका जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गराउँदै आएको जनाएको छ ।

स्थानीय पालिकाले सो पुस्तकको रकम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउने तथा विद्यालयले उक्त पुस्तक आफ्ना विद्यार्थीलाई निशुल्क उपलव्ध गराउँदै आएको छ ।

सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि कतिपय विद्यालयले अभिभावकसँग रकम लिएर पुस्तक दिने गरेको गुनासोसमेत उठ्न थालेको जनाइएको छ ।

कार्यालय प्रमुख खनालले आफू नियमन गर्ने निकाय नभए पनि तोकिएको मूल्यभन्दा बढीमा पाठ्यपुस्तक बिक्री गरेको पाइएमा त्यस्ता बिक्रेतालाई कालोसूचीमा राखी कारबाही गरिने जानकारी दिए ।

अहिले मधेसका केही जिल्लामा निजी विद्यालयले ‘कमिसन’को लोभमा तोकिएको पसलबाट पुस्तक तथा पोसाक खरिद गर्न लगाउने गरेको अभिभावकको गुनासो रहेको पाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ३९ बजे

सिरोहियालाई पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध

अर्थसंक्षेप : प्रधानमन्त्रीदेखि २० मन्त्रीकाे सम्पत्ति सार्वजनिकदेखि शेयर बजारमा निरन्तर उछालसम्म

काठमाडौं– आज प्रधानमन्त्री देखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न

सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई ‘अग्नि सुरक्षा’ सम्बन्धी तालिम

काठमाडौं– काठमाडौँ महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने

कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले लग्यो, थापाथलीमा नाराबाजी

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर लगिएको